बागी खोलामा डुबेर एक पुरुषको मृत्यु
बुधबार, २६ जेठ २०७८, २० : ०३
सन्धिखर्कमा बागी खोलामा डुबेर आज एक जनाको मृत्यु भएको छ । सन्धिखर्क –११ माटेस्थित बागी खोलामा निर्माणाधीन पक्की पुलको नजीकै जम्मा भएको पानीमा डुब्दा रामपतका कुलबहादुर कुमालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।
उनन्चास वर्षीय कुमाल माटेस्थित आफ्ना खेतमा धानको बीउ राख्ने काम सकेर घर फर्कँदै गर्दा एक्कासि लड्न पुग्दा पानीमा डुबेर मृत्यु भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण