बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

यमनको समस्या वार्ताबाट नै समाधान गर्नुपर्छ : इरानी विदेशमन्त्री

बुधबार, २६ जेठ २०७८, २३ : २५
बुधबार, २६ जेठ २०७८

एजेन्सी । इरानका विदेशमन्त्री मोहमद जवाद जारिफले यमनमा हाल देखिएको संकट राजनीतिक प्रक्रियाबाट नै समाधान गर्नुपर्ने धारणा राखेका छन् । उनले अहिलेको यमनको समस्या अरु कुनै माध्यमबाट नभएर राजनीतिक तवरबाट र वार्ताको माध्यमबाट नै हुनुपर्नेमा जोड दिएका हुन् ।

उनले यमनको समस्या समाधानका लागि इरानले कहिल्यै पनि सैनिक माध्यमबाट हुन्छ भन्ने नठानेको र यो समस्याको समाधान शान्तिपूर्ण रुपमा वार्ता गरेर नै समाधान गर्नुपर्छ भन्ने इरानलाई लागेको उनले बताए । यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत मार्टिन ग्रिफथससँग तेहरानमा भएको भेटवार्तापछि उनले सो धारणा राखेका हुन्। मार्टिन ग्रिफथस हाल इरानको भ्रमणमा पुगेका छन् । उनीहरुबीच बुधबार बिहान भेटवार्ता भएको थियो ।

उनले यमनमा संकट शुरु भएको अहिले ६ वर्षपछि त्यहाँ धेरै ठूलो मानवीय संकट परेको पनि बताएका छन् । यस संकटका कारण यहाँका नागरिक न्युनतम आवश्यकता पनि प्राप्त गर्न नसक्ने अवस्थामा रहेका देखिएको छ ।

उनले भनेका छन् कि समस्या झन् बल्झिँदै गएकोले अब सैनिकका माध्यमबाट समाधान खोज्ने बाटो बन्द गर्नुपर्छ । यहाँका जनतामा मानवीय सहायताकै संकट पर्दै जान थालेकोले यस्तो अवस्थामा यहाँका नागरिकलाई सहयोग गर्नका लागि नाकाबन्दीको बाटो पनि कसैले रोज्न नहुने सुझाव पनि उनले पेस गरेका थिए ।

यमनमा सन् २०१४ देखि विभिन्न विद्रोही समूहहरूको हिंसा जारी रहेका छ । त्यहाँ गएका कैयौँ वर्षदेखि गृहयुद्ध चलिरहेको छ । जसका कारण धेरै नागरिकको ज्यान पनि गएको छ । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप