कविता : उठ सडकहरू
– डा. मनमूर्ति भुर्तेल
उठ सडकहरू, उठ पेटीहरू
उठ चोकहरू, उठ गल्लीहरू
अब त अति भो उठ भोका पेटहरू
महामारीबीच तन्ग्रिएका तन मनहरू
अनि देशप्रेमले ओतप्रोत छातीहरू
कति सुत्छौ ?
विषाक्त निद्रा भगाएर उठ
इमानको छाती फुलाएर उठ
विवेकको भित्ता रङ्ग्याएर उठ
नैतिकता टाउकोमा ठड्याएर उठ
चिस्सिएका मुटुहरू तताएर उठ
काँतर मनहरू झक्झक्याएर उठ
सारा देश गुञ्जाएर उठ
बिहानीका शीतका थोपा थोपा उठ
थोपाहरू जोडिई समुद्री छाल आऊ
सीमा नाघेर दुष्कर्म सहनु पनि पाप हो
कुकर्म र कुधर्म नास्ने आँधी बेहेरी आऊ...
अत्याचार, भ्रस्टाचार र पापका पर्खाल भत्काऊ,
कोसी, गण्डकी र कर्णाली मिली राष्ट्रियता सुसाऊ
कैयौँ युगान्तकारी परिवर्तनका साक्षी र संवाहक तिमी,
जून आऊ, स्वतन्त्रताको परिधिभित्रको विशुद्ध इमान बचाऊ,
उठ सडकहरू, उठ पेटीहरू
उठ चोकहरू, उठ गल्लीहरू
अब त अति भो उठ निःशब्द ओठहरू
धोका र जालझेलका जालो च्यातेर उठ
मस्तिष्कमा जमेका खिया खुर्केर उठ
अनिर्णयका बादल हटाई उठ
सारा सञ्जाल गुन्जाएर उठ
विद्रोहका मसाल जलाएर उठ
तिम्रो गाउँ, सहर, नदीनाला, पहाड र सिङ्गो देश नै
बेचिँदै छ तिमीलाई नसोधी कसैका क्षणिक स्वार्थका लागि
मिर्मिरे बिहानीदेखि मध्यरातसम्मै
प्रत्यक्ष प्रसारण हुँदै छन् अन्याय र झुठका खेती
मेरो हल्लै हल्लाको देशमा
सतीले सरापेको देशमा
चारैतिरको षड्यन्त्रले जकडिएको देशमा
बाघको छाला ओढी स्यालले झुक्क्याउँदैछ,
मूलबाटो मेटाई खाल्डो खन्दैछ
हामी सबलाई पुर्न र शासन गर्न
के यही हो नियति हाम्रो ?
आफ्नो भाग्यविधाता आफै कहिले हुने ?
हे सडक ! तिमीले यो अल्लारे नियतिको हत्कडी छिनाइदेऊ
निभ्नै लागेका ल्याम्पपोस्टसँग अलिकति ज्योति सापटी माग्दै
प्रज्ज्वलित गरिदेऊ चोक र गल्लीका सम्पूर्ण तन मनहरू,
रात र दिन, अनि चन्द्र र सूर्यलाई साक्षी राखी
आजै एक नयाँ क्रान्तिको उद्घोष गरौँ !
उठ सडकहरू, उठ पेटीहरू
उठ चोकहरू, उठगल्लीहरू
अब त अति भो उठ
पशु भई नसकेका मानवहरू... ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण