गण्डकीमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु
गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १८ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशमा विभिन्न जिल्लामा १८ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार कास्कीमा ७, बागलुङ ३ गोरखा ३ नवलपरासी पूर्व २, म्याग्दी,१ स्याङजा १ र तनहुँमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८१७ पुगेको छ ।
त्यसैगरी गण्डकी प्रदेशमा सोमबार थप ५६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६३३ जनाको नमुना परीक्षण गरिएकामा ५६६ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये २७८ महिला र २८८ जना पुरुष रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीमा ११८, गोरखामा ७८, नवलपरासी ९५,स्याङजा ४७,बागलुङ ८१, तनहुँ ७१, लमजुङ ५१, पर्वत ४ र म्याग्दीमा २८ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४९ हजार ३८ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ८०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ४१ हजार ६६१ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण