प्रदेश १ सरकारलाई ६२ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण
आइतबार, ३० जेठ २०७८, १४ : ५८
प्रदेश १ सरकारलाई ६२ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । युएनडिपी र युएसएआडीको सुआहारा परियोजनाबाट ६२ लाख ५० हजारको स्वास्थ्य सामाग्री सामाजिक विकास मन्त्री उषाकला राईलाई आज हस्तान्तरण गरिएको छ ।
युएनडिपीका तर्फबाट ६० वटा कन्सनट्रेटर हस्तान्तरण गरिएको छ । ६० वटामध्ये १० लिटरको ३० वटा र ५ लिटरको ३० वटा कन्सनट्रेटर रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले बताए ।
युएसएआडीको सुआहारा परियोजनाबाट पीपीई सेट १०० थान, सर्जिकल मास्क ८ हजार थान, ह्याण्ड सेनिटाइजर ५ सय लिटरको ५० थान र के ९५ मास्क ३ सय थान प्राप्त भएको शाहले बताए। स्वास्थ्य सामाग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री राईले कोरोना संक्रमण नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण