प्रधानमन्त्री ओलीले डा. श्रीकृष्ण गिरीलाई धम्की दिएको नागरिक आन्दोलनको आरोप
प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटारमा बोलाएर धम्की दिएको भन्दै वृहत् नागरिक आन्दोलनले आपत्ति जनाएको छ । डा. गिरीको जीवन रक्षा अहिलेको चुनौती बनेको नागरिक अगुवाहरुको ठहर छ । नारायण वाग्ले, सञ्जीव उप्रेती र युग पाठक लगायतले अगुवाइ गरेको वृहत नागरिक आन्दोलनले आइतबार एक विज्ञप्ति जारी गर्दै डा. गिरीको सुरक्षामाथि सरकार पक्षबाटै असुरक्षा पैदा भएको बताएको छ ।
बृहत नागरिक आन्दोलनका तर्फबाट जारी गरिएको विज्ञप्तिमा सोलिडारिटी फर डा. केसी अलायन्सको पनि हस्ताक्षर रहेको छ । जारी विज्ञप्तिमा भनिएको छ, ‘आज ३० गतेका दिन प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाई प्रकृया मिचेर बीएण्डसीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न नाजायज दबाव दिएका छन् ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘डा. गिरीको जीवन रक्षा अहिले हाम्रो मुख्य चिन्ताको विषय बन्न पुगेको छ । चिकित्सा शिक्षा आयोगको स्वायत्तता र डा. गिरीको भौतिक र मानसिक सुरक्षा सुनिश्चित गर्न हामी सरकार तथा सबै सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दछौं ।
झापाको बिएण्डसी अस्पताललाई सरकारले प्रक्रिया मिचेर सम्बन्धन दिन लागेको भन्दै त्यसको विरोधमा नागरिक आन्दोलनले शुक्रबार राजधानीमा विरोध प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा खगेन्द्र संग्रौला, नारायण वाग्ले, सञ्जीव उप्रेती लगायत पक्राउ परेर केही घण्टापछि छुटेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण