कर्णालीमा आमसञ्चार प्रतिष्ठान गठन गरिँदै
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले प्रदेश सरकारले आमसञ्चार गठन गर्न लागेको जानकारी दिएका छन् । ‘पत्रकार आचारसंहिता र मिडियाप्रतिको विश्वसनियता’विषयमा आज भएको भर्चुअल छलफलमा उनले आमसञ्चार माध्यमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश आमसञ्चार प्रतिष्ठान गठन गर्ने प्रदेश सरकारको आगामी आव २०७८/०७९ को नीति रहेको बताए । प्रतिष्ठान गठन सम्बन्धी विधेयक भने निवर्तमान कानूनमन्त्री नरेश भण्डारीको पालामा प्रदेशसभामा दर्ता भइसकेको छ ।
श्रमजीवी पत्रकारको स्वास्थ्य, सुरक्षा, उत्प्रेरणा र व्यावसायिक दक्षता विकास गर्न पत्रकार स्वास्थ्य बीमा र पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने, लोक कल्याणकारी विज्ञापनमा जोड दिने र नीतिमा नपरेका विषयमा बजेटमा समावेश गराइने उनको भनाइ थियो । उनका अनुसार संघीयतापछि सञ्चार क्षेत्रमा अपेक्षित परिवर्तन आएको र महिला पत्रकारहरुको सहभागिता बढ्दै गएका छन् ।
मध्यपश्चिम विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभागका प्रमुख युवराज शर्माले कर्णालीमा स्नातकोत्तर तहसम्मको पत्रकारिता भइरहेको जानकारी दिँदै तेस्रो र चौथो सेमेष्टरमा अनुसन्धानमा जोड दिने बताए । नेपाल पत्रकार महासंघ कर्णालीका अध्यक्ष देवीराम देवकोटाले कर्णालीमा क्षमता अभिवृद्धिका कार्यक्रममा जोड दिन सरकारसँग माग गरिएको जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण