भारतमा पछिल्लो २४ घण्टामा ७६ दिन पछिको सबैभन्दा कम संक्रमित भेटिए
मङ्गलबार, ०१ असार २०७८, १० : ४९

भारतमा सोमबार कोरोनाका ५९,९५८ संक्रमितको पहिचान भएको छ । यो आँकडा पछिल्लो ७६ दिनको सबैभन्दा कम हो । यसअघि ३० अप्रिलमा ५३,२३७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । यद्यपि, कोरोनाका कारण हुने मृत्युले अहिले पनि चिन्ता बढाइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा २,७३२ संक्रमितले ज्यान गुमाएका छन् । यस्तै, १ लाख १७ हजार २३२ लाख बिरामी निको भएका छन् । यसरी सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा ६०,०५६ को कमी भएको छ ।
भारतमा कोरोना महामारी आँकडामाः
पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितः ५९, ९५८
पछिल्लो २४ घण्टामा निको भएकाः १.१७ लाख
पछिल्लो २४ घण्टामा कूल मृत्युः २,७३२
हालसम्म कूल संक्रमित भइसकेकाः २.९५ करोड
हालसम्म निको भएकाः २.८२ करोड
हालसम्म कूल मृत्युः ३.७७ लाख
हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ९.०८ लाख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा