सिन्धुपाल्चोकका बाढी पीडितलाई तत्काल उद्धार र राहतको खाँचो : सभामुख सापकोटा
सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकका बाढी पीडितको उद्धारलाई पहिलो प्राथमिकता दिन सरकारलाई आग्रह गरेका छन् । बुधबार जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका उनले पहिलो प्राथमिकतामा उद्धार र त्यसपछि राहतका कामलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गरेका हुन् ।
निरीक्षण पश्चात संक्षिप्त प्रतिक्रिया दिँदै उनले बाढीपहिरोले भौतिक पूर्वाधारमा ठुलो क्षति भएको भन्दै त्यसको पुन:निर्माणका लागि पनि योजना बनाएर अघि बढ्नुपर्ने खाँचो औंल्याए । झोलुङ्गे पुल, पक्की पुल लगायत ‘कनेक्टिभिटी’ मा पनि ठुलो क्षति भएको जनाउँदै उनले तिनको पुन:निर्माणमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।
आफू काठमाडौं फर्किएर यसबारे संघीय सरकारको ध्यानाकर्षण गराउने उनले बताए । उनले बाढीपहिरो पीडितका लागि तत्काल गाँस, बास र कपासको खाँचो रहेको भन्दै सहयोगका लागि सरकार र दाताहरूलाई आग्रहसमेत गरेका छन् ।
सभामुख सापकोटा निवर्तमान प्रतिनिधिसभामा सिन्धुपाल्चोक– १ बाट विजयी भएका थिए । निरीक्षणका क्रममा सभामुख सापकोटाका साथ नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य युवराज दुलाल पनि सामेल थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण