जुम्लामा पहिरोमा परेर ३ जना घाइते, हेलिकप्टरबाट उद्दार गर्ने तयारी
बिहीबार, ०३ असार २०७८, १२ : ४०
जुम्लाको पातारासी गाउँपालिका–३ स्थित लिखे ढुंगामा पहिरोमा परेर ३ जना घाइते भएका छन् । घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गर्ने तयारी गरिएपनि खराब मौसमका कारण हेलिकप्टर घटनास्थलमा पुग्न नसकेको जुम्लाका डिएसपी दानबहादुर थापाले रातोपाटीलाई बताए ।
माथिल्लो पाटन (लेक) मा गएका ३ जना प्रतिकुल मौसमका कारण वेशी झर्दै थिए । त्यहीबेला पहिरो आएर उनीहरु घाइते भएका हुन् । घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको तर, त्यहाँ पुग्न २ दिन लग्ने हुनाले हेलिकप्टरबाट उद्दार गर्नुको विकल्प नभएको डिएसपी थापाले बताए । घाइतेहरुको नाम खुलेको छैन् ।
जुम्ला स्थित कालिकोट–नाग्मा–मुगु सड्क खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । हिमा गाउँपालिका–३ बाँसगाढमा खसेको पहिरोका कारण अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको डिएसपी थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण