मनाङका ११८ बाढी पहिरोपीडितको उद्धार
अबिरल वर्षापछि आएको बाढी पहिरो पीडितको उद्दार गरिएको छ । मौसममा केही सुधार आएपछि शुक्रबार (आज) मनाङका विभिन्न स्थानबाट ११८ जनाको उद्दार गरिएको छ । दुईवटा हेलिकप्टरबाट यहाँका सबै क्षेत्रबाट ती पीडितहरूको उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए । प्रजिअ लामिछानेका अनुसार नार्पाभूमि गाउँपालिकाको फू गाउँबाट ५६ जना, नासो गाउँपालिकाबाट ५५ र ओडारबाट १० जनाको उद्दार गरिएको छ ।
नासोंका बाढी पहिरो पीडितलाई मनाङको सदरमुकाम चामेमा स्थानान्तरण गरिएको उनले बताए । फुगाउँका १६ जनालाई दानाक्युमा व्यवस्थापन गरिएको छ भने अन्य पीडितलाई फू गाउँकै सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए । मनाङका विभिन्न क्षेत्रका बाढी पहिरो पीडितलाई चामेमा व्यवस्थापन कार्य भइरहेको लामिछानेले बताए ।
मनाङका चार गाउँपालिकाका विभिन्न गाउँ वा स्थानीय पालिकाबीचको सम्पर्क र आवतजावत पूर्णरुपमा अवरुद्ध छ । ‘‘अन्य क्षेत्रमा पनि बाढी पहिरोमा परेका पीडितको उद्दार गर्ने कार्य भइरहेको छ, कहीँ कतै सम्पर्कमा नआएका छन् कि भनेर हेलिकप्टरबाट खोजी कार्य भइरहेको छ,’’ प्रजिअ लामिछानेले भने । गृह मन्त्रालयको सहयोगमा सेनाको एउटा हेलिकप्टर र पूर्व सांसद पोल्देन छोपाङको व्यक्तिगत खर्चमा हेलिकप्टर उद्दारमा खटिएको छ ।
केही दिनको अबिरल वर्षापछि आएको बाढी पहिरोले गर्दा मनाङमा सडक, विद्युत् र सञ्चार पूर्णरुपमा अवरुद्ध भएको छ । यहाँका साना खोलानाला समेत वर्षासँगै बढेको भेलले सडकका धेरै ठाउँमा भत्किएको छ । बाढी पहिरोले गर्दा विभिन्न क्षेत्रका व्यक्तिहरु बीच सम्पर्क हुन नसकेको प्रजिअ लामिछानेले जानकारी दिए । उनका अनुसार जिल्लामा विभिन्न क्षेत्रमा खानेपानी, सडक, विद्युत् र सञ्चार हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण