ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघ्यो
ब्राजिलमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ । यो आँकडा विश्वकै दोस्रो हो । सुस्त खोप अभियान र जाडो मौसमको सुरुवातसँगै स्थिति अझै खराब हुनसक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।
राष्ट्रपति जार बोल्सोनारोले सामाजिक दुरीजस्ता नियमहरु पालना गराउन चासो नदिँदा संक्रमण तीव्र गतिमा फैलिरहेको छ । फियोक्रुज नामक स्वास्थ्य संस्थाका अनुसार हालसम्म १५ प्रतिशत वयस्कहरुले मात्र पूर्ण मात्रामा खोप लगाएका छन् ।
कंग्रेसले महामारीलाई नियन्त्रण गर्न सरकारले चालेको कदमबारे अनुसन्धान गरिरहेको छ । संगठितरुपमा राष्ट्रिय अभियान लागू नगरेको, खोपप्रति सन्देह देखाएको, लकडाउन र मास्क लगाउनुपर्ने नियमलाई बेवास्ता गरेकोमा राष्ट्रपति बोल्सोनारोको आलोचना हुँदै आएको छ ।
विपक्षीले उनीमाथि राजनीतिक स्वार्थका लागि खोप खरिदमा ढिलाइ गरेको र महामारीको गम्भीरतालाई बेवास्ता गरेको आरोप लगाउँदै आएका छन् ।
ब्राजिलमा ‘गामा’ नामक कोरोनाभाइरसको निकै संक्रामक भेरियन्ट सक्रिय रहेको छ । पछिल्लो एक हप्तामा ब्राजिलमा दैनिक ७० हजार बढी संक्रमित फेला परिरहेका छन् । प्रत्येक राज्यमा आईसीयूमा ८० प्रतिशत वा सोभन्दा बढी बिरामीहरुले भरिएका छन् । ब्राजिलमा १ करोड ७८ लाखभन्दा बढी संक्रमित भइसकेका छन् ।
स्रोत : बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण