चीनले लगायो एक अर्ब डोज खोप
चीनले शनिबारसम्ममा देशभर कोभिड–१९ विरुद्धको एक अर्बभन्दा बढी डोज खोप लगाएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले आधुनिक चीनको इतिहासमा यो सबैभन्दा ठूलो खोप अभियान रहेको जनाएको छ । आयोगका अनुसार पछिल्लो पाँच दिनमा मात्र १० करोड डोजभन्दा बढी खोप लगाइएको छ । गत मार्चको अन्त्यदेखि चीनले व्यापक खोप अभियान सञ्चालन गरेको थियो ।
पहिलो चरणमा २५ दिनको अवधिमा दश करोडबाट २० करोड डोज खोप लगाइएकोमा पछिल्ला १६ दिनमा ३० करोड डोज खोप दिइएको थियो । तर खोप अभियान अझ तिब्र बनाएसँगै छ दिनको अवधिमा ८० करोडबाट ९० करोड खोप लगाइएको थियो ।
चीनमा गत वर्षदेखि हालसम्म २१ किसिमका खोपहरू क्लिनिकल परीक्षणमा रहेका छन् । त्यसमध्ये चार किसिमका खोपलाई शर्तसहित मार्केटिङको इजाजत दिइएको छ भने तीन किसिमका खोपलाई देशभित्र आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ ।
चीनमा सञ्चालित खोप अभियानमा १८ वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई समेटिएको छ । तर ३ देखि १७ वर्षको उमेरका बालबालिकालाई पनि खोप दिने योजना अघि बढेको स्वास्थ्य अनुसन्धान आयोगले जनाएको छ । आयोगका उपप्रमुख जेङ इक्सीनले यसै वर्षको अन्त्यसम्ममा कम्तीमा ७० प्रतिशत लक्षित जनसंख्यालाई खोप दिइसक्ने बताए ।
उनले खोपका कारण हालसम्म कुनै पनि समस्या नदेखिएको बताउँदै चिनियाँ खोप सुरक्षित रहेको प्रमाणित भइसकेको दाबी गरे । कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिमा देखिएका सामान्य लक्षणहरु अन्य नियमित खोपमा झैं सामान्य रहेको पनि उनले बताए । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण