उत्तरी अफगानिस्तानमा जिल्ला प्रहरी प्रमुख मारिए
अफगानिस्तानको उत्तरी तखार प्रान्तमा शनिबार राति भएको भिडन्तमा चार जना प्रहरी र सात जना तालिबान लडाकुको ज्यान गएको स्थानीय अधिकारीहरुले बताएका छन् ।
तखार प्रान्तको नमक अब जिल्लाको ग्रामीण क्षेत्रमा तालिबान समूहका लडाकुहरुले आक्रमण गरेपछि दोहोरो भिडन्त भएको थियो । प्रान्ती सरकारका प्रवक्ता हमिद मुबारेजले जिल्ला प्रहरी प्रमुख र तीन अरु प्रहरीले शहादत प्राप्त गरेको जानकारी दिए । उनले अरु दुई जना प्रहरी र तीन जना लडाकू पनि घाइते भएको बताए ।
नमक अब जिल्लालाई तालिबान समूहले नियन्त्रणमा लिएसँगै त्यहाँ रहेका सुरक्षाफौजका बाँकी सदस्यहरु नजिकको जिल्लामा गएको पनि प्रवक्ता मुबारेजले बताए । यसैबीच, कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा तालिबान समूहले प्रहार गरेको क्षेप्यास्त्र लागेर एक बच्चासहित तीन जना सर्वसाधारणको ज्यान गएको छ । शनिबार राति सरकारी फौज र तालिबान समूहबीच शनिबार राति भिडन्त भएको थियो ।
अफगानिस्तानमा तैनाथ अमेरिकी र नेटो फौज फिर्ता हुनेक्रम जारी रहेसँगै अफगानिस्तानका विभिन्न भागमा हिंसात्मक झडप तिब्र भइरहेका छन् । तालिबान समूहले पछिल्लो एक महिनाको अवधिमा ४० भन्दा बढी जिल्लाहरु आफूले कब्जामा लिएको दाबी गरेका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण