दुर्घटनामा घाइते भएका पत्रकार पोखरेलको मृत्यु
सुर्खेतमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते पत्रकार खिमप्रसाद पोखरेलको उपचारको क्रममा मृत्यु भएको छ । सुर्खेत–दैलेख सडकको कपासे–छेडा खण्डको वासपानी मोडमा मोटरसाईकल र ट्रक ठोक्किँदा वीरेन्द्रनगर–११ गाग्रेताल निवासी ३५ वर्षीय पोखरेल गम्भीर घाइते भएका थिए । उनको देउती अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
वीरेन्द्रनगरतर्फ आउँदै गरेको पोखरेल सवार लु ६६ प २८२३ नम्बरको मोटरसाईकललाई दैलेखतर्फ जाँदै गरेको भे १ क ९१३ नम्बरको ट्रकले ठक्कर दिएको हो । दुर्घटनाको कारण नखुले पनि गुराँस गाउँपालिका–१ का २८ वर्षीय ट्रक चालक वीरेन्द्र रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते पोखरेल राष्ट्रिय सञ्चार अनलाइनका सम्वाददाता हुन् ।
महासंघद्वारा शोक विज्ञप्ति जारी
पोखरेलको निधनप्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतले शोक विज्ञप्ती जारी गरेको छ । पोखरेलको सवारी दुर्घटनामा परि अकल्पनीय निधन भएकोप्रति महासंघले दुःख व्यक्त गरेको हो ।
साथै, महासंघले दुर्घटनाको छानविन गरि दोषीलाई कारवाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धले लेबनानमा वन विनाश र वातावरणीय क्षति बढ्दो
-
निःशुल्क स्वास्थ्य पोर्टल : ९० दिनमै २ हजार भन्दा बढीले पाए सेवा
-
विश्वविद्यालयलाई आईटी उद्योगसँग जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने
-
सर्वोच्च अदालतः जलेका २० हजार मिसिलमध्ये १८ हजार 'पुनर्जीवित'
-
के अर्जेन्टिनाले काला वर्णका खेलाडीहरूलाई स्थान दिँदैन ?
-
कांग्रेस–एमाले गठबन्धन भत्किए गण्डकीमा नेकपा हुन सक्छ निर्णायक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण