योग परम्परालाई नयाँ उचाइबाट अघि बढाइनुपर्छ : उपप्रधानमन्त्री पौडेल
उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले प्राचीन कालमा नेपाली भूमिबाट शुरु भएको योगको परम्परालाई नयाँ उचाइबाट अघि बढाउनुपर्नेमा जोड दिएका छन् । सातौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पतञ्जलि योग समिति नेपालले आज बिहान जुम प्रविधिबाट आयोजना गरेको कार्यक्रममा अर्थमन्त्रीसमेत रहेका उनले श्रमको चरित्र बदलिएसँगै स्वस्थ जीवन र स्वस्थ मनका लागि योगको नियमित अभ्यासको महत्व अझ बढेर गएको बताए ।
पछिल्लो समय योगको महत्व विश्वव्यापी रुपमा स्थापित हुनु नेपाल र नेपालीका लागि गौरवको विषय रहेको पौडेलको भनाइ थियो । योगलाई विश्वस्तरमा स्थापित गर्न स्वामी रामदेव र आचार्य बालकृष्णले गर्नुभएको योगदानको उनले प्रशंसा गरे ।
कार्यक्रममा पतञ्‍जलि योग समिति नेपालका केन्द्रीय प्रभारी लवदेव मिश्रले अन्तर्राष्ट्रिय योग प्रोटोकलको अभ्यास गराएका छन् । कार्यक्रममा जुम प्रविधिबाट योग अभ्याससमेत गराइएको थियो । योगबाट समस्त मानवजातिलाई लाभान्वित तुल्याउँदै आयुर्वेदको उपयोगितालाई अझ विस्तारित गर्नुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण