हुन्डाई ७ सिटर प्रिमियम एसयूभी ‘प्यालिसेड’ नेपालमा, मूल्य कति ?
सोमबार, ०७ असार २०७८, १४ : ५५
काठमाडौं । हुन्डाई गाडीको नेपालका लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ एसयूभी ‘प्यालिसेड’ गाडि नेपाल भित्र्याएको छ ।
कोरियन ‘प्यालिसेड’ ७ सिटर प्रिमियम एसयूभी हो । यो कार छिट्टैनै आधिकारीक रुपमा नेपालमा सार्वजनिक हुने कम्पनीले जनाएको छ । नेपाली बजारमा ‘प्यालिसेड’ २.२ लिटरको डिजल इन्जिन अप्सनमा आउने सम्भावना रहेको छ । जसले २०० पीएस पावर तथा १७५०–२७५० आरपीएम टर्क उत्पादन गर्नेछ।
यो एसयूभी ८ स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। नेपाली बजारमा यो एसयूभीको शुरुवात मूल्य २ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ। नेपाली बजारमा यो एसयूभीको प्रतिस्पर्धा टोयाटाको फर्चुनर, मित्सुबिशी पजेरो र फोर्डको इन्डेभरसँग हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ (तस्बिरहरू)
-
संसद्मा कांग्रेसले असभ्य व्यवहार देखायो : ओली
-
राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक