हुन्डाई ७ सिटर प्रिमियम एसयूभी ‘प्यालिसेड’ नेपालमा, मूल्य कति ?
सोमबार, ०७ असार २०७८, १४ : ५५
काठमाडौं । हुन्डाई गाडीको नेपालका लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ एसयूभी ‘प्यालिसेड’ गाडि नेपाल भित्र्याएको छ ।
कोरियन ‘प्यालिसेड’ ७ सिटर प्रिमियम एसयूभी हो । यो कार छिट्टैनै आधिकारीक रुपमा नेपालमा सार्वजनिक हुने कम्पनीले जनाएको छ । नेपाली बजारमा ‘प्यालिसेड’ २.२ लिटरको डिजल इन्जिन अप्सनमा आउने सम्भावना रहेको छ । जसले २०० पीएस पावर तथा १७५०–२७५० आरपीएम टर्क उत्पादन गर्नेछ।

यो एसयूभी ८ स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। नेपाली बजारमा यो एसयूभीको शुरुवात मूल्य २ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ। नेपाली बजारमा यो एसयूभीको प्रतिस्पर्धा टोयाटाको फर्चुनर, मित्सुबिशी पजेरो र फोर्डको इन्डेभरसँग हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीबाट बहिनीलाई लिएर १३ वर्षीय बालक कसरी पुगे वृन्दावन ?
-
चिनियाँ कम्युनिस्ट पार्टीबाट एकता र दीर्घकालीन दृष्टिकोण सिक्नुपर्छ: जगन्नाथ खतिवडा
-
दुध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान
-
प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह
-
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट
-
नागढुङ्गा सुरुङमार्ग सञ्चालन नेपालमा आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय: सचिव सिग्देल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण