देवानगञ्ज गाउँपालिकामा दुई दिन शोक बिदा
सोमबार, ११ साउन २०८३, १३ : २४
सारांश
- सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई पक्षबिच झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि गाउँपालिकाले दुई दिन शोक बिदा दिएको छ ।
- कप्तानगञ्ज बजारमा आइतबार राति दुई समुदायबिचको झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने प्रहरीसहित २२ जना घाइते भएका थिए ।
- घटनामा प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको थियो ।
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई पक्षबिच झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि गाउँपालिकाले दुई दिन शोक बिदा दिएको छ ।
देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज बजारमा आइतबार राति दुई समुदायबिचको झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने प्रहरीसहित २२ जना घाइते भएका थिए । घटनाप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले सोमबार र मङ्गलवार दुई दिन शोक बिदा दिने निर्णय गरेको हो ।
घटनामा प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको थियो । उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयले सोमबार ५ सदस्यीय छानबिन समिति गठन गरेको छ भने स्थानीयले कर्फ्यु तोड्दै सोमबार प्रदर्शन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई इरानको कडा चेतावनी
-
अल-नासरको आर्थिक संकट : के रोनाल्डोको बिदाइ नै एकमात्र विकल्प हो?
-
दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई १८ महिनाको जेल सजाय
-
काठमाडौँमा सहकारी पीडितको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
-
सुनसरी घटना : आक्रोशित समूहले जलाए मोटरसाइकल
-
सुदूरपश्चिमका जनताको सपनामाथि तुसारापात नगर्न महरको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण