मनाङमा सेनाद्वारा काठेपुल निर्माण
मङ्गलबार, ०८ असार २०७८, १६ : १८
मनाङमा नेपाली सेनाले स्याल्कु खोलामा अस्थायी काठे पुलको निर्माण गरेको छ । खोलाबाट नयाँबजार कोतोतर्फ आवतजावत गर्ने दुई वटा अस्थायी काठेपुल निर्माण गरेको हो । चामे गाउँपालिका–४ स्थित स्याल्कु खोलामा रणदल गुल्मबाट खटिएको टोली, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहकार्यमा काठेपुल निर्माण गरिएको सेनाले बताएको छ ।
असार ४ गते अविरल वर्षापछि आएको बाढीपहिरोले मनाङ जिल्लाको विभिन्न स्थानमा पुल तथा सडक बगाएको छ । पुल बगाएपछि आवतजावतमा समस्या आएपछि अस्थायी काठे पुलको निर्माण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण