सुनको आयात तथा बिक्री वितरण सुचारु गर्न नेपाल सुनचाँदी महासंघको माग
काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनको आयात तथा विक्री वितरण सुचारु गर्न माग गरेको छ । सुनचाँदी रत्न तथा आभूषण व्यवसाय सुचारु भएको वर्तमान अवस्थामा बैंकबाट विक्री वितरण हुने सुनको आपूर्तिलाई पनि पुनः सुचारु गर्नुपर्ने महासंघको माग छ ।
महासंघले सोको लागि सम्बन्धित निकायमा निर्देशन हुनका साथै साविकमा दैनिक २० के.जी. सुन बिक्री वितरण हुँदै आएकोमा लामो समय पश्चात बजार खुलेको र निकट भविष्यमा नै प्रमुख चाड–पर्वहरुको समय पनि आउने भएकोले विगतमा बिक्री–वितरण नभएको सुनको परिमाण समेतलाई मनन गर्दै दैनिक ३० के.जी. सुन बिक्री वितरणको अविलम्ब व्यवस्था गर्न नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरेको हो ।
कोभिड–१९ को महामारी नियन्त्रणका लागि बैशाख १६ गते देखि निषेधाज्ञा घोषणा गरिए पश्चात व्यापार, व्यवसाय लगायतका क्षेत्रहरु बन्द भएकोले वाणिज्य बैंकहरुले बिक्री वितरण गर्ने सुनको आपूर्ति पनि बन्द भएको थियो ।
असार ८ गतेदेखि विभिन्न वस्तु र सेवालाई विभिन्न श्रेणीमा वर्गिकरण गरी दैनिक तालिका अन्तर्गत तोकिएको बार र समयमा व्यापार, व्यवसाय चालू गरिएकोले सोही तालिका अनुरुप सुन, चाँदी गहना आदि आभूषण क्षेत्र पनि चालू भएपछि महासंघको सो माग गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण