सर्वोच्चको निर्णय संवैधानिक र राजनीतिक रुपमा गलत : कर्ण
जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य एवं निवर्तमान मन्त्री लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतको आदेश संवैधानिक र राजनीतिक रुपमा गलत रहेको प्रतिकृया दिएका छन् । कर्णले संविधानमा काम चलाउ सरकार वा चुनाव सरकार उल्लेख नभएका कारण सर्वोच्च अदालतले यस्तो निर्णय गर्न नमिल्ने प्रतिकृया दिए । यद्यपि यो मन्त्रिपरिषद् संविधानअनुसार गठन भएको बताउँदै उनले सर्वोच्च अदालतको निर्णय मान्नुको विकल्प नरहेको बताए ।
यो निर्णयले थप राजनीतिक संकट निम्त्याएको उनले बताए । उनले भने-‘देश कसरी सञ्चालन हुन्छ, कसले सञ्चालन गर्छ सोच्ने अधिकार अदालतको पनि हो तर अहिले अदालतले त्यो सोचेन ।’ यो देश तीनजना मन्त्रीले मात्रै नचल्ने बताउँदै उनले सर्वोच्चको यो कदमले राजनीतिक संकट उत्पन्न भएको टिप्पणी गरे ।
अर्का निवर्तमान मन्त्री उमाशंकर अरगरियाले सर्वोच्च अदालतले गरेको निर्णय स्वागतयोग्य रहेको बताए । कानुनमा के थियो के थिएन त्यो बेग्लै कुरा हो तर अहिले जुन निर्णय भएको छ त्यो स्वागतयोग्य रहेको प्रतिकृया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण