चीनद्वारा चार कम्पनीलाई कोभिड–१९ को खोप बिक्री अनुमति
चीनले कोभिड–१९ विरुद्धको खोप निर्माण गर्ने चार वटा कम्पनीका खोपलाई विदेश निर्यातका लागि खुला गरिदिएको छ । यी खोपहरुलाई चीनभित्र शर्तसहित बजारमा बिक्री गर्न अनुमति प्राप्त भइसकेको छ । चीनले विदेशमा खोप बिक्री गर्न अनुमति दिइएका कम्पनीहरूमा बेइजिङ इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स, सिनोभाक लाइफ साइन्सेज कम्पनी, क्यानसिनो बायोलजिक्स कम्पनी र वुहान इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स कम्पनी रहेका छन् ।
चीनको वाणिज्य मन्त्रालयका अनुसार बेइजिङ इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स र सिनोभ्याकका दुई किसिमका खोपहरुले विश्व स्वास्थ्य संगठनबाट यसअघि नै आपतकालीन प्रयोगका लागि अनुमति प्राप्त गरिसकेका छन् । यी खोपहरू चीनको ठूलो जनसमूहलाई प्रदान गरिएको छ भने विश्वका १०० भन्दा बढी मुलुकले स्वीकृत गरिसकेका छन्, वाणिज्य मन्त्रालयका वरिष्ट अधिकारी लि झिङक्वीनले बताए ।
उनले सबै मुलुकलाई खासगरी विकासशील मुलुकहरूलाई सस्तो मूल्यमा गुणस्तरीय खोप उपलब्ध गराउने चीन सरकारको नीतिलाई खोप उत्पादक कम्पनीहरुले पनि ध्यान दिने विश्वास व्यक्त गरे । चिनियाँ अधिकारीहरुले कोभाक्ससँगको साझेदारीलाई अझ सुदृढ गर्न चीनले निरन्तर मद्दत गर्ने पनि बताएका छन् । चीनको वाणिज्य मन्त्रालयले चीनबाट खोप खरिद गर्नका लागि विदेशी मुलुकलाई सहयोग गर्न चीन तत्पर रहेको पनि जनाएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण