मेलम्चीमा ६० वर्ष पुगेका एकल महिला-पुरुषलाई मासिक एक हजार
मेलम्ची नगरपालिकाको नवौं नगरसभाले आगामी वर्षका लागि चालू खर्चतर्फ रु ७६ करोड र पुँजीगततर्फ रु ४२ करोड गरी रु एक अर्ब १८ करोड रकम विनियोजन गरेको छ । नगर प्रमुख डम्बर अर्यालद्वारा आजै प्रस्तुत नीति तथा कार्यक्रममा कोभिड– १९ रोकथाम तथा मेलम्ची इन्द्रावती बाढी प्रभावितलाई प्राथमिकतामा राखिएको छ ।
नगरले केही लोकप्रिय कार्यक्रम पनि ल्याएको छ । साठी वर्ष उमेर पुगेका अविवाहित एकल महिला तथा पुरुषलाई मासिक रु एक हजार भत्ताको व्यवस्था, आधारभूत तहसम्मको अध्ययन पूरा गरी विद्यालय छाडेका १६ वर्षभन्दा माथिका इच्छुक व्यक्तिलाई रोजगारमूलक तालिमको व्यवस्था मिलाउने जस्ता कार्यक्रम परेका छन् ।
नीति तथा कार्यक्रममा बाढी प्रभावितलाई घरधनीले तीन महिनासम्मको घरभाडा छुट गरेमा सोही आवमा तिर्नुपर्ने सबै बहाल कर छुट गरिने पनि उल्लेख गरिएको छ । कृषिलगायत क्षेत्रमा यसअघि नै ल्याइएको लोकप्रिय कार्यक्रमलाई निरन्तरता दिइने पनि कार्यक्रममा समावेश छ ।
सञ्चार जगतलाई साझेदारी अवधारणाअनुसार सहयोग गर्ने, पत्रकारिता क्षेत्रको प्रबर्द्धनका लागि नेपाल पत्रकार महासङ्घ, सामुदायिक रेडियो र सञ्चार सम्बद्ध निकायसँग समन्वय गरी काम गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । नगरसभामा उपप्रमुख भगवती नेपालले बजेट वक्तव्य प्रस्तुत गरेकी थिइन् । सभामा विभिन्न प्रतिवेदन प्रस्तुत गरिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण