मन्त्री श्रेष्ठ पदमा बस्न अयोग्य : विवेकशील साझा पार्टी
विवेकशील साझा पार्टीले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पदमा बस्न नैतिक रुपमा अयोग्य साबित भैसकेको बताएको छ । काठमाडौंको घर भाडामा लिने दिने जातीय विभेदसँग जोडिएको घटनालाई प्रभावित पार्नेगरी राज्य शक्तिको दुरुपयोग गरेको भन्दै सो पार्टीले मन्त्री श्रेष्ठ पदमा बस्न अयोग्य सावित भएको दाबी गरेको हो ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै सो पार्टीले भनेको छः ‘आरोपित व्यक्तिले जातीय विभेद गरे नगरेको निष्पक्ष छानबिन हुने सुनिश्चित गर्दै सरकार स्वयं वादी भएर मुद्दा लड्नुपर्नेमा मन्त्री कृष्णगोपाल श्रेष्ठ उल्टै झन्डावाल गाडीमा प्रहरीकहाँ पुगेर अनुसन्धान प्रभावित पार्नु कदापि स्वीकार्य हुन सक्दैन। कानुनतः दण्डनीय र सामाजिक रूपमा पूर्णतः अस्वीकार्य जातीय विभेदसँग जोडिएको भनिएको सो घटनाको गाम्भीर्यता मनन गर्न नसक्ने र राज्य शक्तिको दुरुपयोग गर्ने मन्त्री श्रेष्ठ उक्त पद बसिरहन नैतिक रूपमा अयोग्य साबित भइसकेका छन्।’
प्रहरी नियन्त्रण रहेका व्यक्तिलाई नै छुटाउन सरकारका संघीय मन्त्री प्रहरी कार्यालय पुगेपछि अनुसन्धान नै प्रभावित भएको भन्ने विवरणहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण समेत भएको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा काठमाण्डौमा घर भाडामा लिने–दिने प्रक्रियामा आफूमाथि जातीय विभेद भएको भनी दिइएको उक्त जाहेरीको गम्भीर र निष्पक्ष छानबिन अघि बढाउन समेत सो पार्टीले सरकारसँग जोडदार माग गरेको छ ।
केहीदिन अघि सञ्चारकर्मी समेत रहेकी रुपा सुनारले आफूलाई जातीयताका आधारमा कोठा भाडामा नदिएको आरोपमा उजुरी गरेपछि प्रहरीले बबरमहलकी घरधनी सरस्वती प्रधानलाई पक्राउ गरी मुद्दा चलाएको थियो । सुनारको जाहेरीपछि ३ दिन थुनामा बसेकी प्रधान रिहा भएर घर फर्केकी छिन् । उनलाई छुटाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण