अमेरिकाको फ्लोरिडामा १२ तले भवन भत्कियो, एक जनाको शव भेटियो, दर्जनौ बेपत्ता
एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यको मयामी शहरमा बिहीबार १२ तले भवन भत्किँदा दर्जनौ व्यक्ति बेपत्ता भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार १ जनाको शव भेटिएको छ भने ५० भन्दा बढी बेपत्ता भएका छन् । भवन भत्किँदा कति व्यक्ति थिए भन्ने अझै स्पष्ट हुन सकेको छैन । यो भवन सन् १९८० मा मियामीको उत्तरी क्षेत्रस्थित सर्फसाइड टाउनमा निमार्ण भएको थियो । बीबीसीका अनुसार भवनमा २३० वटा फ्ल्याट थिए । जसमध्ये आधाभन्दा बढी फ्ल्याट ढलेका छन् ।
एक प्रत्यक्षदर्शीले सीबीएस मियामी च्यानलसँगको कुराकानीका क्रममा भने– ‘हामीले ठूलो र चर्को आवाज सुन्यौ, हामीलाई कुनै मोटरसाइकलको आवज हो कि भन्ने लागेको थियो, तर हामीले पछाडि फर्किएर हेर्दा धुवाँको ठूलो बादल देखिएको थियो ।’ अर्का एक व्यक्तिले भने त्यसबेलाको दृष्य सन् २००१ सेप्टेम्बर ११ मा न्युयोर्कका जुम्ल्याहा टावरहरु ध्वस्त भएको बेलाको जस्तो देखिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण