काँग्रेसमा क्रियाशील सदस्यता विवाद टुंगाउन देउवाले बोलाए पदाधिकारी बैठक
नेपाली काँग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बोलाएको छ । पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न आइतबार दिउँसो २ बजे काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो ।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाले पार्टी क्रियाशील सदस्यता विवादबारे नेतृत्व तहमा छलफल गर्न बैठक बोलाइको बताए । पार्टीको सिस्टममा इन्ट्री भएका ८ लाख बढी क्रियाशीलको नाम सार्वजनिक गरेको थियो ।
त्यसमा उजुरीका लागि असार ६ गतेसम्म तथा नाम सच्याउन ९ गतेसम्मको समय दिएको थियो । ४२ जिल्लाबाट ठूलो संख्यामा उजुरी आएको छ । अन्य जिल्लाबाट पनि केहीको संख्यामा उजुरी आएको छ ।
क्रियाशील छानविन समितिका अनुसार प्रदेश दुईका बारा र सप्तरीका आठवटै निर्वाचन क्षेत्रले क्रियाशील सदस्यता इन्ट्री नै गरेका छैनन् भने धनुषाको एउटा निर्वाचन क्षेत्रले सदस्यता सूची पठाए पनि नाम विवादका कारण सार्वजनिक गरिएको छैन ।
बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रमा सदस्यता वितरण र नवीकरणको काम भइरहेको छ भने काभ्रेको एउटा निर्वाचन क्षेत्रको नाम पनि सार्वजनिक गरिएको छैन । बर्दिया, प्यूठान, पूर्वी रुकुम र डडेल्धुराको नाम पनि सार्वजनिक गरिएको छैन ।
छानबिन समितिले क्रियाशील सदस्यता इन्ट्री गर्न बाँकी निर्वाचन क्षेत्रलाई असार १२ गतेसम्मको समय दिएको छ । त्यो समय आज सकिएको छ । तर सबै ठाउँबाट क्रियाशील सदस्यता इन्ट्री हुन सकेको छैन ।
क्रियाशील सदस्यतामाथिको उजुरी र इन्ट्री हुन बाँकी क्षेत्र तथा जिल्लाबारे सहमति कायम गरेर अगाडि बढ्न पदाधिकारी तहमा छलफल गर्न लागिएको बुझिएको छ ।
क्रियाशील सदस्यता काम समयमा सम्पन्न गर्न नसकिँदा भदौ १६ १९ गतेका लागि निर्धारण गरेको महाधिवेशन पनि सम्पन्न गर्न सकिन्छ सकिँदैन भन्नेमा काँग्रेसभित्र चिन्ता छ ।
त्यसमा पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नवप्रवेशीका नाममा क्रियाशील सदस्यतामा संस्थापन पक्षले मनपरी गरिरहेको आरोप लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु
-
आदिवासी जनजाति आयोगले राख्यो संविधानमा २५ बुँदे संशोधनको माग, गैँडालाई राष्ट्रिय जनावर कायम गरिनुपर्ने
-
फेरि जेल जालान् राजपाल यादव ?
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण