कास्कीमा एक वर्षभित्र ४० हजार व्यक्तिलाई कारवाही
कास्कीमा प्रहरीले विभिन्न अभियोगमा करिब ४० हजार व्यक्तिलाई कारवाही गरेको छ । कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले जिम्मेवारी सम्हालेको एक वर्षमा विभिन्न अभियोगमा ३९ हजार ९१३ जना ब्यक्ति कारवाहीमा परेका हुन् ।
त्यसैगरी सोही अवधिमा ५ हजार ९३६ दुई पाङ्ग्रे चालक र १ हजार ८४३ वटा चार पाङ्ग्रे सवारी चालकलाई कारवाही गरिएको एसपी श्रेष्ठ जानकारी दिए । उनले पछिल्लो समयमा १०१ जना विभिन्न अपराधमा संलग्न व्यक्तिबाट कारवाहीस्वरुप ५ लाख ५९ हजार २५० रुपैयाँ जरिवाना गरिएको बताए । त्यसैगरी पछिल्लो समय नियम उल्लंघन गर्ने दुईवटा सवारी साधनलाई कार्वाही स्वरुप १५ हजार जरिवाना गराइएको उनले बताए ।
एसपी श्रेष्ठले एक वर्षको अवधिमा ३२ वटा जुवाको खालबाट २१४ जना व्यक्ति पक्राउ परेको बताए । पक्राउ परेका २१४ मध्ये १८१ पुरुष र ३३ जना महिला रहेका छन् । प्रहरीले उनीहरुबाट २१ लाख ८० हजार ४५३ रुपैयाँ बरामद गरेको छ ।
२०७७ असार ८ गते कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसपी श्रेष्ठले एक वर्षको अवधिको काम कार्वाही सार्वजनिक गर्दै कास्कीमा आफ्नो नेतृत्वमा एक बर्षको अवधिमा गरेका कार्य विवरण सार्वजनिक गरेका हुन् । यस अवधिमा कास्कीमा कोरोना संक्रमणबाट प्रहरी उपरीक्षकसहित २४७ जना प्रहरी पीडित भएका छन् । संक्रमित प्रहरीमध्ये पहिलो चरणको कोरोना संक्रमणमा २३७ जना र दोस्रो चरणको संक्रमणमा १० जना संक्रमित भएको एसपी श्रेष्ठले बताए ।
उनले कोरोना संक्रमण न्यूनीकरणका लागि प्रहरीले पनि महत्वपूर्ण भूमिका खेलेको बताए । संक्रमण न्यूनीकरणका लागि ९५२ जना प्रहरी परिचालन गरिएको एसपी श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण