सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
विश्वकप फाइनल

उपाधि भिडन्तमा स्पेन र अर्जेन्टिना (भिडियो)

आइतबार, ०३ साउन २०८३, १८ : ५१
आइतबार, ०३ साउन २०८३

सारांश

  • फिफा विश्वकप-२०२६ को उपाधि भिडन्तमा स्पेन र अर्जेन्टिना नेपाली समयानुसार आज मध्यराति १२.४५ मा भिड्दैछन् ।
  • तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सले इङ्ल्यान्डसँग ६-४ ले हार बेहोरेको छ ।
  • यस विश्वकपमा केलियन एमबाप्पे सर्वाधिक गोलकर्ता बनेका छन् ।

काठमाडौँ । फिफा विश्वकप-२०२६ समापनको संघारमा छ । उपाधि भिडन्तका लागि नेपाली समयानुसार आज मध्यराति १२.४५ मा स्पेन र अर्जेन्टिना भिड्दैछन् ।  

बिहान तेस्रो स्थानका लागि भएको इङ्ल्यान्ड र फ्रान्सबिचको खेल निकै रोमाञ्चक रह्यो । अचम्म त के भयो भने एकै खेलमा कुल १० गोल भयो । प्लेअफको यो खेलमा फ्रान्स इङ्ल्यान्डसँग ६-४ ले पराजित भयो । जबकि एक्लैले २ गोल गर्दै केलियन एमबाप्पे जारी विश्वकपमै सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने । यति मात्र होइन, विश्वकप इतिहासमै सबैभन्दा बढी गोल गर्ने खेलाडीमा एमबाप्पे दर्ज भएका छन् । उनले विश्वकपमा २२ गोल गरेका छन् भने लियोनल मेस्सीले २१ गोल गरेका छन् । 

उपाधि भिडन्तका अमेरिकाको न्युजर्सीस्थति मेटलाइफ स्टेडियममा सन् २०१० को विश्व च्याम्पियन स्पेन र साविक विश्व विजेता अर्जेन्टिनाबिचको फाइनल भिडन्त निकै रोचक हुनेछ । बलिया दुई टिममध्ये कसले उचाल्ला उपाधि ? भिडियोमा हेर्नुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप