न्यायाधीशको प्रश्न- स्वतन्त्र सांसदले समर्थन फिर्ता लिन चाहेमा के हुन्छ ?
न्यायाधीश ईश्वर खतिवडाले संसदमा रहेका स्वतन्त्र सांसदले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी गर्ने सांसदलाई गरेको समर्थन फिर्ता लिने प्रक्रिया के हुन्छ भन्नेबारे प्रश्न गरेका छन् । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि सरकारका तर्फबाट मंगलबार नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले बहस गर्दा न्यायाधीश खतिवडाले यस्तो प्रश्न गरेका हुन् ।
उनले सोधे–‘अहिले ४ जना छन्, संख्या भोलि धेरथोर होला, उहाँहरु (स्वतन्त्र सांसद)ले गरेको समर्थन कहिल्यै फिर्ता लिन नमिल्ने हुन्छ कि के हुन्छ ?’ राजेन्द्र लिङ्देन, दुर्गा पौडेल, प्रेम सुवाल र छक्कबहादुर लामा प्रतिनिधिसभामा स्वतन्त्र हैसियतमा छन् । न्यायाधीश खतिवडाले दलमा आवद्ध सांसदहरुको समर्थन दलले चाहेमा फिर्ता लिन मिल्छ वा मिल्दैन भन्नेबारे पनि प्रश्न गरे ।
जवाफमा नायव महान्यायाधिवक्ता पाण्डेयले भने, ‘मैले मिल्छ भनेको छैन, मिल्दैन पनि भनेको छैन (स्वतन्त्रको हकमा) । दलले फिर्ता लिन सक्छ भन्ने ब्यवस्था संविधानमा छ । संविधानले दललाई मात्र चिनेको छ । व्यक्तिगत रुपमा कुनै अर्को पार्टीलाई समर्थन गर्न मिल्दैन । अर्को दलको नेतालाई समर्थन गर्ने अधिकार सांसदलाई छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण