दाङमा निषेधाज्ञा खुकुलो
मङ्गलबार, १५ असार २०७८, १७ : ०४
दाङमा निषेधाज्ञा खुकुलो बनाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा आज बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा खुकुलो बनाउँदै बुधबारदेखि सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको हो ।
बैठकले एकहप्ता लकडाउन थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्वाङले बताए । लकडाउन थप गर्ने निर्णय गरेपनि यातायातका साधन भने चल्न दिने निर्णय भएको कुरुवाङले जानकारी दिए । पछिल्ला दिन जिल्लामा कोरोना संक्रमण घट्दै गएपछि सार्वजनिक यातायात र निजी यातायात चलाउने निर्णय भएको हो । त्यस्तै बैठकले दैनिक बेलुकी ६ बजेसम्म बजार खोल्ने निर्णय गरेको छ ।
यता, सरकारी कार्यालय, बैंक र वित्तीय संस्थाका कार्यालय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म खोल्ने निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण