युनियन लाइफले २४ गतेदेखि आईपीओे बिक्री खुला गर्ने
कस्तो छ कम्पनीको अवस्था ?
बुधबार, १६ असार २०७८, १० : ४३
युनियन लाइफ इन्सुरेन्सले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले असार २४ गतेदेखि ६४ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने लागेको हो ।
प्रतिकित्ता एक सय रुपैयाँको दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गरिने बताइएको छ । जसमध्ये ५ प्रतिशत (३ लाख २२ हजार ५ सय कित्ता) कर्मचारी र ५ प्रतिशत (३ लाख २२ हजार ५ सय कित्ता) म्युचुअल फन्डको लागि छुट्याइएको छ । बाँकी ५८ लाख ५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २ सय ५० कित्ताको लागि आवेदन दिन सकिनेछ । आवेदन असार २८ गतेसम्म दिन सकिन्छ । यस आईपीओलाई इक्रा नेपालले आइआर बीबीबी रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने जनाउँछ । यसको बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण