बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनीको लकडाउनमा २१ जनाको हत्या, ७९ बलात्कृत, २ सय २३ जनाले आत्महत्या गरे

बुधबार, १६ असार २०७८, १५ : १९
बुधबार, १६ असार २०७८

दोस्रो चरणको लकडाउन सुरु भए यता लुम्बिनी प्रदेशभर २१ वटा हत्याका घटना घटेका छन् भने ७९ जना महिला बलात्कृत भएका छन् । त्यस्तै यही अवधिमा २ सय २३ जनाले आत्महत्या गरेका छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ–तुल्सीपुरले दिएको जानकारी अनुसार प्रदेशका १२  वटा जिल्लामध्ये सबैभन्दा बढी १७ वटा बलात्कारका घटना बर्दियामा घटेका छन् । त्यस्तै नवलपरासीमा ३ वटा बलात्कार घटना घटेका छन्, रुपन्देहीमा ११ वटा, कपिलवस्तुमा १२ वटा, पाल्पामा ४ वटा, अर्घाखाँचीमा ३, गुल्मीमा १, प्युठानमा ३, दाङमा १२, रोल्पामा ४ र बाँकेमा ९ वटा बलात्कार घटना घटेका हुन् । बलात्कार घटना रुकुम पूर्वमा शुन्य छ । त्यस्तै प्रदेशभर १७ वटा जवरजस्ती करणी उद्योगका मुद्दा दर्ता भएका छन् ।

यता, नवलपरासीमा २ वटा हत्या घटना घटेका छन् भने रुपन्देहीमा  ४, कपिलवस्तुमा ५, पाल्पामा १, अर्घाखाँचीमा २, दाङमा ३, बाँकेमा ४ वटासहित २१  वटा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएका हुन् । त्यस्तै प्रदेशभर २० वटा ज्यान मार्ने उद्योगका मुद्दा दर्ता भएका छन् ।

आत्महत्या गर्नेहरूमा पुरुष बढी

प्रदेशमा आत्महत्या गर्नेमा सबैभन्दा बढी दाङमा ४९ जनाले गरेका छन् । त्यस्तै, नवलपरासीमा १७  जनाले, रुपन्देहीमा ४४ जनाले, कपिलवस्तुमा २१, पाल्पामा १७ जनाले, अर्घाखाँचीमा १६ जनाले, गुल्मीमा १४ जनाले आत्महत्या गरेका छन् । प्युठानमा ८ जनाले, दाङमा ४९ जनाले, रोल्पामा ९, रुकुम पूर्वमा ३ जनाले, बाँकेमा ३ जना र बर्दियामा २२ जना सहित २ सय २३ जनाले आत्महत्या गरेका हुन् । ती मध्ये १ सय २० जना पुरुषले आत्महत्या गरेका छन् । ७८ जना महिला, ९ जना बालक र १६ जना बालिकाले आत्महत्या गरेका छन् ।

सि.नं. जिल्ला  आत्महत्याद्वारा मृतकको संख्या
पुरुष महिला बालक बालिका
नवलपरासी पश्चिम ११
रुपन्देही  २३ १७
कपिलबस्तु  १४
पाल्पा
अर्घाखाँची  १०
गुल्मी
प्यूठान
दाङ २५ २३
रोल्पा
१० रुकुम पुर्व
११ बाँके
१२ बर्दिया १५
जम्मा  १२० ७८ १६

दुर्घटनामा ८७ जनाको ज्यान गयो

यस अवधीमा नवलपरासीमा ६१ वटा सवारी दुर्घटना भएका छन् । रुपन्देहीमा ३८ वटा, कपिलवस्तुमा ३२ वटा,  पाल्पमा १२ वटा,  गुल्मीमा २, अर्घाखाँचीमा २ वटा, दाङमा २७ वटा सवारी साधन दुर्घटना भएका छन् । त्यस्तै, प्युठानमा ५, रोल्पामा ५, रुकुम पुर्वमा २, बाँकेमा २२ र बर्दियामा १३ वटासहित २ सय २१ वटा सवारी साधन दुर्घटना भएका छन् । नवलपरासीमा १४ जनाको दुर्घटनमा परि मृत्यु भएको भने रुपन्देहमा पनि १४, कपिलवस्तुमा १८ जना, पाल्पामा ४ जनाको सवारी दुर्घटनामा परि ज्यान गएको छ ।  गुल्मीमा २ जना, अर्घाखाँचीमा १ जना, प्युठानमा ७ जना, दाङ्गमा ७ जना, रोल्पामा १ जना, रुकुम पुर्वमा १ जना, बाँकेमा १४ र बर्दियमा ४ जना सहित ८७ जनाको मृत्यु भएको छ । प्रदेशभर २ सय ८७ जना घाइते भएका छन् ।

दुई महिनामा साढे दुई करोड बढी राजश्व सङ्कलन

वैशाखको दोश्रो हप्तादेखि असारको पहिलो साता सम्म लुम्बिनी प्रदेशको प्रहरी र ट्राफिक प्रहरीले साढे दुई करोड बढी राजश्व संकलन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप