मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

ओलीले फेरि विधि विधान मिचे : अष्टलक्ष्मी शाक्य

बुधबार, १६ असार २०७८, १६ : ४८
बुधबार, १६ असार २०७८

एमाले माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओली पार्टी एकताको पक्षमा नरहेको बुधबार बालुवाटार बसेको बैठकले गरेका निर्णयबाट थप पुष्टि भएको बताएकी छन् । अध्यक्ष ओली र उनी पक्षीय नेताहरूले ओली जेठ २ मा फर्कन तयार रहेको भनेर प्रचारबाजी गरे पनि बुधबार बालुवाटारमा बैठक बसेर नेताहरूलाई थप जिम्मेवारी दिएकाले ओली एकताको पक्षमा नदेखिएको शाक्यको भनाई छ ।

‘अध्यक्ष केपी ओली एकता विरोधी छन् भन्ने कुरा बुधबारको निर्णयले स्पष्ट देखाएको छ’, शाक्यले रातोपाटीसँगको प्रतिक्रियामा भनिन्‘ गर्नुपर्ने सुल्टो काम तर फेरि पनि उल्टो काम गर्नुभयो ।’

​शाक्यले आयोजक कमिटीलाई सर्वोच्चले मान्यता नै नदिएको अवस्थामा फेरि त्यही कमिटीको बैठक बसेर अर्को निर्णय गर्न नहुने भनेर जान्दाजान्दै नेताहरूलाई मनोनयन गर्नु विधि र विधान मिच्ने योजना नै भएको बताइन् । ‘यो उहाँले आफै बेठीक र गलत काम गर्नुभयो उहाँले । यसले उहाँभित्र अझै दम्भ बाँकी छ, एकता विरोधी भावना बाँकी छ’, उनले आफूहरूले भनेको जेठ २ गते तत्कालीन एमालेको जेठ २ को अवस्थाको स्थायी कमिटी र केन्द्रीय कमिटी ब्यूँत्याउने भनिएको बताइन् ।

‘त्यसरी ती कमिटीहरू ब्यूँत्याएपछि अध्यक्ष केपी र नेता नेपाल बसेर छलफल गरेर प्रस्तावहरू तयार गरेर थपघट गर्नुपर्नेमा त्यसो नगरी एकलौटी ढङ्गले निर्णय गरेर अघि बढ्न खोजेको देखियो । त्यसैले उहाँ जेठ २ मा फर्कन तयार भएको देखिएन बरु विधि विधान थप मिच्नतिर लाग्नुभयो’, शाक्यको भनाइ छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप