ओलीले फेरि विधि विधान मिचे : अष्टलक्ष्मी शाक्य
एमाले माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओली पार्टी एकताको पक्षमा नरहेको बुधबार बालुवाटार बसेको बैठकले गरेका निर्णयबाट थप पुष्टि भएको बताएकी छन् । अध्यक्ष ओली र उनी पक्षीय नेताहरूले ओली जेठ २ मा फर्कन तयार रहेको भनेर प्रचारबाजी गरे पनि बुधबार बालुवाटारमा बैठक बसेर नेताहरूलाई थप जिम्मेवारी दिएकाले ओली एकताको पक्षमा नदेखिएको शाक्यको भनाई छ ।
‘अध्यक्ष केपी ओली एकता विरोधी छन् भन्ने कुरा बुधबारको निर्णयले स्पष्ट देखाएको छ’, शाक्यले रातोपाटीसँगको प्रतिक्रियामा भनिन्‘ गर्नुपर्ने सुल्टो काम तर फेरि पनि उल्टो काम गर्नुभयो ।’
शाक्यले आयोजक कमिटीलाई सर्वोच्चले मान्यता नै नदिएको अवस्थामा फेरि त्यही कमिटीको बैठक बसेर अर्को निर्णय गर्न नहुने भनेर जान्दाजान्दै नेताहरूलाई मनोनयन गर्नु विधि र विधान मिच्ने योजना नै भएको बताइन् । ‘यो उहाँले आफै बेठीक र गलत काम गर्नुभयो उहाँले । यसले उहाँभित्र अझै दम्भ बाँकी छ, एकता विरोधी भावना बाँकी छ’, उनले आफूहरूले भनेको जेठ २ गते तत्कालीन एमालेको जेठ २ को अवस्थाको स्थायी कमिटी र केन्द्रीय कमिटी ब्यूँत्याउने भनिएको बताइन् ।
‘त्यसरी ती कमिटीहरू ब्यूँत्याएपछि अध्यक्ष केपी र नेता नेपाल बसेर छलफल गरेर प्रस्तावहरू तयार गरेर थपघट गर्नुपर्नेमा त्यसो नगरी एकलौटी ढङ्गले निर्णय गरेर अघि बढ्न खोजेको देखियो । त्यसैले उहाँ जेठ २ मा फर्कन तयार भएको देखिएन बरु विधि विधान थप मिच्नतिर लाग्नुभयो’, शाक्यको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

