बाँकेमा चितुवाको छालासहित २ जना पक्राउ
बुधबार, १६ असार २०७८, १९ : १२
बाँके प्रहरीले चितुवाको छालासहित २ जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ राप्ती सोनारी गाउँपालिका–१ कुसुम बजारस्थित रा ४ प ६५०४ नम्बरको स्कुटी रोकी चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा दाङ घोराही उप–महानगरपालिका–९ निवासी ३२ वर्षीय सन्तोष कुँवर र दैलेख भैरवी गाउँपालिका ३ बस्ने वर्ष १९ को जितेन्द्र शाही रहेका छन् ।
प्रहरीले उनीहरुबाट बरामद स्कुटीको डिक्कीबाट सेतो खैरो रंगको (चरीबाघ) चितुवाको जस्तो देखिने छाला १ थान (३ फिट ३ ईन्च लामो ) बरामद गरेको छ । उनीहरुविरुद्ध बुधबार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिम मुद्धा दर्ता गरिएको जनाइएको छ । सो ऐन बमोजिम ५ लाखदेखि १० लाखसम्म जरिवाना र ५ वर्ष देखी १५ वर्ष सम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण