इराकमा तापक्रम ५१ डिग्री सेल्सियससम्म पुग्यो, तातो हावा चल्दा जनजीवन प्रभावित
इराकका कतिपय शहरमा तापक्रम बढ्दा त्यहाँको जनजीवन निकै नै प्रभावित भएको छ । समाचारमा जनाइएअनुसार इराकका मध्य तथा दक्षिण प्रान्तहरुमा अकस्मात तापक्रम बढेको बताइएको छ । यहाँका मौसम विद्हरुले यहाँको तापक्रम कम्तीमा पनि ५१ डिग्री सेल्सियस पुगेको बताएका छन् । जसका कारण ती प्रान्तहरुमा निकै नै तातो हावा चलेको छ र नागरिकमा स्वास्थ्यका गम्भीर समस्याहरु देखिएका छन् ।
इराकको मौसम विभागले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा यहाँको दक्षिणी क्षेत्रका बासरा, क्वादिसान र मुथाना प्रान्तमा तापक्रम बढेर ५१ डिग्री सेल्सियससम्म पुगेको छ ।राजधानी बगदादलगायतका अरु कैयौँ क्षेत्रको तापक्रम भने ५० डिग्री नै पुगेको छ । यसरी देशव्यापी रुपमा तातो हावा नै चलेको छ । जसका कारण यहाँको जनजीवन निकै नै प्रभावित भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
यहाँका सरकारी निकायले नागरिकलाई अत्यावश्यक काम नपरेसम्म घरबाट बाहिर ननिस्किन र पर्याप्त मात्रामा झोल पदार्थको सेवन गर्न पनि सार्वजनिक सूचनाहरु दिएका छन् ।यो तातो हावाका कारण बालबालिकामा धेरै असर पर्न सक्ने देखिएको छ । जसले गर्दा देशका अधिकांश भूभागका विद्यालयहरु बन्द गरिएको छ भने देशव्यापी रुपमा नै विदा दिने तयारी गरिरहेको बताइएको छ ।
तातो हावाको असरबाट बच्न र नागरिकलाई आवश्यक सहयोग गर्न सरकारले विभिन्न कार्यक्रमहरु ल्याउने बताएको कुरा पनि समाचारमा जनाइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण