बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चीनको कम्युनिष्ट पार्टीको स्थापनाको सय वर्ष पूरा : सरकार युवालाई लोभ्याउन कसियो, आखिर किन ?

बिहीबार, १७ असार २०७८, ११ : ३५
बिहीबार, १७ असार २०७८

जुलाई १ तारिखमा चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) आफ्नो स्थापनाको सय वर्ष मनाइरहेको छ । हालका दिनमा सीसीपीले युवासम्म आफ्नो पहुँच बढाउने प्रयास तीब्र पारेको छ ।

राष्ट्रपति शी चिनफिङले हालका दिनमा पार्टीको कहानीमार्फत् युवालाई अवगत गराउने र उनीहरुलाई सीसीपीसँग सम्बन्धित महत्वपूर्ण जानकारीको विषयमा शिक्षित गराउनेमा जोड दिएका छन् ।

सोसल मिडियामा प्रचार कार्यक्रम सुरु गर्नेदेखि लिएर प्रमुख विश्वविद्यालयमा सीसीपीबारे पढाईका लागि अनुसन्धान केन्द्र स्थापित गर्नेसम्म, यस्तो लाग्छ कि चिनियाँ सरकार एक महत्वपूर्ण वर्गलाई लोभ्याउने कोसिसमा लागेको छ ।

मिडिया संस्थानले पनि अन्य पहलका साथै राष्ट्रपति शी चिनफिङको विद्यार्थीसँग कुराकानीलाई प्रमुखताका साथ छापेको छ र देखाइएको छ । पार्टीका अनुसार यो युवाका लागि निकै ठूलो उदाहरण हो ।

साइबरस्पेसमा ‘युवा आदर्श’:

१८ जूनमा ‘राइटिङ द यूथफुल च्याप्टर अन द मदरल्याण्ड’ पहल सुरु गरिएको छ । जसलाई चीनको शिक्षा मन्त्रालय, चीनको सेन्ट्रल साइबरस्पेस एडमिनिस्ट्रेशन, कम्युनिष्ट यूथ लिगको केन्द्रीय समिति र बेइजिङ युनिभर्सिटीले संयुत्तर रुपमा प्रायोजित गरेको थियो ।

चर्चित पोर्टल Sohu.com को २१ जूनको रिपोर्ट अनुसार ‘राइटिङ द यूथफुल च्याप्टर अन द मदरल्याण्ड’ पहल अन्तर्गत न्यू मिडियाको उत्पादनलाई लञ्च गर्नेछ, बैचारिक र राजनीतिक शिक्षाका लागि एक अनलाइन प्रचार तन्त्र तयार गर्नेछ र साइबर स्पेसमा ‘युवा आदर्श’ मा केन्द्रीत सेमिनार आयोजना गरिनेछ ।

पार्टीको सय वर्षको यो आयोजना अघि मेको महिनामा ‘ऐतिहासिक शून्यवाद’ मा २० लाख भन्दा बढी पोस्ट हटाउने चीनको निर्णयलाई मध्यनजर गर्दै पार्टीको यो कदमलाई विशेषगरी महत्वपूर्ण मानिँदैछ ।

अघिल्लो वर्ष जूनमा भारतीय सेनासँग झडपका बेला मारिएका चिनियाँ सैनिकको अपमान गरेको भन्दै यस वर्ष फेब्रुअरीमा चीनले तीन ब्लगर्सलाई पक्राउ गरेको थियो ।

यी ब्लगर्समध्ये एकले आफ्नो पोस्टमा उक्त झडपका बेला चीनका हताहत सैनिकको सरकारी आँकडामा आपत्ति जताएका थिए ।

विश्वविद्यालयका विद्यार्थीमाथि केन्द्रीतः

शताब्दी वर्षको यो आयोजना अघि २२ जूनमा राष्ट्रपति शी चिनफिङले पेकिङ युनिभर्सिटीमा पढिरहेका ३२ विदेशी विद्यार्थीको प्रतिनिधिको चिट्ठीको जवाफ दिए । यसमा आफ्नो विश्वव्यापी पहुँचलाई थप बलियो बनाउने शीको प्रयास देख्न सकिन्छ । आफ्नो प्रतिक्रियामा शीले विद्यार्थीसँग सबै देशबीच दोस्ती बढाउन सक्रिय भूमिका निभाउन आग्रह गरे ।

सरकारी मिडिया चाइना ग्लोबल टेलिभिजन नेटवर्ककका अनुसार ‘शी जिनपिङले यस वर्ष सीसीपीको स्थापनाको सय वर्ष भएको बताउँदै सन् २०२१ समाजवादको आधुनिकीकरणको दिशामा चीनको नयाँ यात्राको सुरुवातको वर्ष पनि भएको बताएका छन् । ’

मेमा चीनका पेकिङ युनिभर्सिटीले सीसीपीको इतिहासको पढाईका लागि एक नयाँ शैक्षिक अनुसन्धान संस्थानको उद्घाटन पनि गर्यो ।

यस्तै, ग्लोबल टाइम्सले ५ मेमा आफ्नो रिपोर्टमा बेइजिङस्थित समीक्षकलाई उद्धृत गर्दै लेखेको छ, ‘सीपीसीको स्थापनाको सय वर्षमा यो केन्द्रको स्थापनामार्फत् यो संकेत पाइन्छ कि पार्टी आफ्नो इतिहासमा अनुसन्धान र शिक्षाको मामिलामा बलियो भइरहेको छ । ’

सन् १९२१ मा स्थापित चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) एउटा लामो गृहयुद्धपछि ७२ वर्ष अघि सत्तामा आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप