बिहीबार नेप्सेमा १९ अंकको सुधार
बिहीबार, १७ असार २०७८, १५ : ३३
केहि दिनयता लगातारको गिरावटपछि बिहीबार नेप्सेमा १९ अंक माथिको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १९.१२ अंकले बढेर २ हजार ८४३ विन्दुमा उक्लिएको हो । आज ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ६.३३ अंकले बढेर ५२८.७१ विन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार आज निर्जीवन बीमा बाहेकका सबैजसो समूहहरु धनात्मक (पोजेटिभ) भएका छन् । यद्यपि, साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा १९ अंक माथिको सुधार आइरहँदा पनि कारोबार रकम भने ७ अर्ब छुन सकेको छैन । नेप्सेका अनुसार आज कुल २२४ कम्पनीका ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ता सेयर ७० हजार १९८ पटक किनबेच हुँदा कुल ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४८४ रुपैयाँको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण