‘अन्तिम’ को फेरि सुटिङ गर्दै सलमान
अभिनेता सलमान खान फिल्म ‘अन्तिम : द फाइनल टुथ’ को सुटिङ फेरि सुरु गर्ने भएका छन् । महेश मान्जरेकर निर्देशक रहेको फिल्मको सुटिङ गत वर्ष सुरु भएको थियो । तर कोरोनाको कहरका कारण यो पुरा हुन पाएको थिएन ।
फिल्मको बाँकी सुटिङ मुम्बईमा हुनेछ । फेडरेशन अप वेस्टर्न सिने एप्लाएजका सेक्रेटरी अशोक दुबेले फिल्मको सुटिङ हुन लागेको आधिकारीक पुष्टि गरे । दुबेले फिल्म युनिट सुटिङको लागि विगत ४ दिनदेखि तयारी गरिरहेको बताए । सुटिङ मुम्बईको कमालिस्तान स्टुडियोमा हुनेछ ।
समाचारका अनुसार सलमान यो फिल्ममा भावानात्मक रुपमै जोडिएका छन् । किनभने फिल्ममा उनका बहिनी ज्वाई आयुष शर्मा पनि मुख्य भूमिकामा छन् । आयुषले फिल्ममा ग्याङ्स्टारको भूमिका निर्वाह गरेका छन् ।
फिल्ममा सलमान,आयुषको अलवा प्रज्ञा अग्रवाल र जिशु सेन गुप्ताको मुख्य भूमिका रहनेछ । फिल्म सलमान खान फिल्म प्रोडक्सनले नै निर्माण गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण