नयाँ बजेट जनताप्रति उत्तरदायी छ भन्ने अवस्था छैन : पाण्डे
बागमती प्रदेशसभाका सदस्य तथा नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले सरकारले ल्याएको बजेट जनताप्रति उत्तरदायी छ भन्ने अवस्था नरहेको बताएका छन् । शुक्रबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । प्रदेश सरकारले ल्याएको नयाँ बजेटमाथि छलफल गर्दै सांसद् पाण्डेले सरकारले समीक्षा नै नगरी बजेट ल्याएकोले जनताको हित गर्छ नै भन्न नसकिने बताए ।
सरकारले कोरोना विरुद्धको खोप खरिदका लागि पनि प्रयाप्त बजेट छुट्याउन नसकेको उनले आरोप लगाए । केन्द्रीय सरकार र नीजि क्षेत्रले समेत ल्याउन नसकेको कोभिड खोप कसरी आउँछ भन्नेबारे तत्काल छलफल गर्न जरुरी रहेको समेत उनले बताए ।
सरकारले जनतालाई झुक्याउनका लागि समाजवाद उन्मुख कार्यक्रममा बजेट नतोकेको उनको आरोप छ । यसो गर्दा नेकपा एमाले पार्टी नै गलत हुने भएकाले आर्थिक मामिला मन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने बताए । अन्यथा यो विषयमा जनताले जवाफ माग गर्दा मुख देखाउन नहुने अवस्थामा पुग्ने भएकाले बजेट विनियोजन र खर्चको प्रकृया समेत स्पष्ट हुनुपर्नेमा उनको जोड थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण