नयाँ बजेट जनताप्रति उत्तरदायी छ भन्ने अवस्था छैन : पाण्डे
बागमती प्रदेशसभाका सदस्य तथा नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले सरकारले ल्याएको बजेट जनताप्रति उत्तरदायी छ भन्ने अवस्था नरहेको बताएका छन् । शुक्रबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । प्रदेश सरकारले ल्याएको नयाँ बजेटमाथि छलफल गर्दै सांसद् पाण्डेले सरकारले समीक्षा नै नगरी बजेट ल्याएकोले जनताको हित गर्छ नै भन्न नसकिने बताए ।
सरकारले कोरोना विरुद्धको खोप खरिदका लागि पनि प्रयाप्त बजेट छुट्याउन नसकेको उनले आरोप लगाए । केन्द्रीय सरकार र नीजि क्षेत्रले समेत ल्याउन नसकेको कोभिड खोप कसरी आउँछ भन्नेबारे तत्काल छलफल गर्न जरुरी रहेको समेत उनले बताए ।
सरकारले जनतालाई झुक्याउनका लागि समाजवाद उन्मुख कार्यक्रममा बजेट नतोकेको उनको आरोप छ । यसो गर्दा नेकपा एमाले पार्टी नै गलत हुने भएकाले आर्थिक मामिला मन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने बताए । अन्यथा यो विषयमा जनताले जवाफ माग गर्दा मुख देखाउन नहुने अवस्थामा पुग्ने भएकाले बजेट विनियोजन र खर्चको प्रकृया समेत स्पष्ट हुनुपर्नेमा उनको जोड थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिरोको लागि ब्राण्ड एम्बेस्डरमा सुशान्त, सुरक्षा र दयाहाङ नियुक्त
-
एक्सप्रेस–टी ट्याक्सी खरिद गर्ने चालकहरूको पठाओमा निःशुल्क रजिस्ट्रेसन
-
समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री प्रचण्ड
-
सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन : शेखर कोइराला
-
सहकारी ठगी प्रकरण : आक्रामक बन्दै कांग्रेस, द्वन्द्व बढाउँदै सरकार
-
गाउँपालिका संघ र नगरपालिका महासंघको आन्दोलन स्थगित