निगमको वाइड बडी जहाजले चिनियाँ खोप ल्याउने
शुक्रबार, १८ असार २०७८, १७ : ३८
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको राजधानी बेइजिङबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउने भएको छ । सरकारको निर्णयअनुरुप चीनबाट खोप ल्याउनका लागि यही असार २४ गते (जुलाई ८ तारिख) वाइड बडी ए ३३० जहाज पठाउने तयारी गरिएको निगमले जनाएको छ ।
निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनबाट खोप ल्याउनका लागि वाइड बडी जहाज बेइजिङ पठाउने तयारी गरिएको बताए । खोप लिएर निगमको जहाज भोलिपल्ट काठमाडौँ फर्किनेछ ।
महाप्रबन्धक पौडेलले भने, “चीनबाट खोप ल्याउन निगमलाई सरकारको निर्देशन भएबमोजिम तयारी गरिएको छ, खोपको मात्रा तथा उक्त खोप अनुदानको हो या खरिदको भन्ने अहिले खुलिसकेको छैन हामीले आफ्नो तयारी थालिसकेका छौँ ।” बुझिएअनुसार पहिलो उडानमा १० लाख मात्रा खोप ल्याउने गरी तयारीमा रहन निगमलाई निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण