प्रधानमन्त्रीका वकिलको गुनासो : निवेदक पक्षले राष्ट्रपतिको निजी जीवनलाई संकेत गरेर बहस गरे !
प्रधानमन्त्री केपी शर्मा ओली तर्फका एकजना अधिवक्ताले निवेदक तर्फका वकिलले राष्ट्रपतिको व्यक्तिगत जीवनलाई संकेत गरेको भन्दै इजलासमा गुनासो गरेकी छिन् ।
शुक्रवार संवैधानिक इजलासमा बहस गरेकी अधिवक्ता शान्तिदेवी खनालले त्यस्तो गुनासो गरेकी हुन् । ‘राष्ट्रपतिको निजी जीवनलाई संकेत गरेर बहस गरिएको छ, त्यसले हामीलाई नराम्रोसँग छोएको छ’ खनालले गुनासो गरिन्– ‘उहाँहरु (निवेदक पक्षका वकिल) लाई त रमाइलो लाग्यो होला ।’
ट्रयाक बाहिर गएको बहसलाई अदालतले रोकेर ट्रयाकमा ल्याउनुपर्ने खनालको आग्रह थियो । विषयभन्दा बाहिरको बहसलाई रोक्नुपर्ने खनालको जिकिरपछि प्रधान न्यायाधीशले उनलाई सोधे– ‘कसलाई रोक्ने, तपाई पनि बाहिर जानु भो (हाँस्दै) ।
राष्ट्रपति संविधानको संरक्षक भएको हुनाले उनले धारा ७६ (५) अनुसार स्वविवेक प्रयोग गरेर प्रधानमन्त्रीमा परेको दावी अस्वीकार गरेको उनले जिकिर गरिन् । धारा ७६ (५) ले खोजेको ‘आधार’ भनेको राष्ट्रपतिको ‘स्वविवेक’ भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण