झन् झन् खुम्चिँदै सेयर
आइतबार, २० असार २०७८, १६ : १९
पछिल्ला दिनहरुमा तीब्र गिरावट आइरहेको सेयर बजार परिसूचक नेप्सेमा आइतबार थप ८.४८ अंकको गिरावट आएको छ । साताको पहिलो कारोबार दिन समेत रहेको आज आइतबार नेप्से परिसूचक ८.४८ अंकले घटेर २ हजार ८३४.५१ विन्दुमा झरेको हो ।
यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्ससमेत सामान्य (०.३३) अंकले घटेर ५२८.४५ विन्दुमा झरेको छ । नेप्सेका अनुसार आज कुल २२४ कम्पनीका १ करोड ८ लाख ४२ हजार २२१ कित्ता सेयर ६० हजार १७५ पटक किनबेच हुँदा जम्मा ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २५७ रुपैयाँको मात्र कारोबार भएको छ ।
आज होटल तथा पर्यटन र म्युचुअल फण्ड समूहहरु धनात्मक हुँदा अन्य अधिकांश समूहहरु ऋणात्मक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण