४ महिनामै फुट्न थाल्यो कालोपत्रे, तस्बिरमा हेर्नुहोस्
डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरको ग्यारेन्टी अवधिमै रहेको रौतहटको बलुवा गोनाही कालोपत्रे ठाउँ–ठाउँमा फुट्न थालेको छ । कटहरिया नगरपालिका बालुवादेखि गोनाहीसम्म मुन्ना निर्माण सेवाले गरेको कालोपत्रे पिच ४ महिनाभित्रै ठाउँ–ठाउँमा फुट्न थालेको हो । मुन्ना निर्माण सेवाका सञ्चालक प्रमोद यादवले गुणस्तरहीन काम गरेकै कारण कालोपत्रे गरेको केही महिना भित्रै फुट्न थालेको गाउँले हरुले बताएका छन् ।

डिभिजन सडक, सहरी विकास स्थानीय तह लगायत विभिन्न निकायबाट हुने टेन्डर प्रमोद यादव लगायतका ठेकेदारले ५० प्रतिशतभन्दा कममा उक्त निर्माणकार्यको ठेक्का साकार गर्ने गर्दछन् ।
एकातिर ठेक्का साकार गरेको वर्षौंसम्म काम नै पूरा नगरी पटक–पटक म्याद थमाउने गर्दछन् भने केही ठेकेदारले समयमा काम गरे पनि गुणस्तरहीन काम गरेकाले सरकारको करोडौँको लगानी बालुवामा पानी भएको छ । रौतहटस्थित करोडौँको केन्द्रीय बजेटको काम हुँदा पनि स्थानीय निकायले कुनै चासो र रेखदेख नगरेकाले गुणस्तरहीन काम भइरहेको जानकारहरुले गुनासो गरेका छन् ।

मुन्ना निर्माण सेवाका सञ्चालक प्रमोद यादवले २ करोड ७२ लाखमा बलुवादेखि गोनाही सम्मको दुई फेजमा २३ सय ६० मिटर कालोपत्रे गर्ने टेन्डर लिएका छन् । ठेकदार यादवले ठेक्का लिएको उक्त कालोपत्रे निर्माण पूरा गरेर झन्डै २ महिना अघि डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरलाई हस्तान्तरण गरेका थिए ।
कालोपत्रे गरेको ४ महिना नबित्दै बलुवा गोनाही सडक खण्ड अन्तर्गतको बाटोमा झन्डै १० ठाउँमा फुटेको छ भने अधिकांश स्थानमा कालोपत्रे धसेको छ ।

गोनाही गाउँ छेउ, उचिडिहभन्दा दक्षिण र उत्तरको बाटोमा ठाउँ ठाउँमा कालोपत्रे फुटेको छ । स्थानीय युवा समाजसेवी रुपेश पटेलका अनुसार ठेकदार प्रमोद यादवले कालोपत्रे गर्नुअघि ग्राभेल राम्ररी नपेलेको अर्थात् रोलर कम चलाएको तथा कालोपत्रे मापदण्ड भन्दा कम प्रयोग गरेकाले वर्षा सुरु हुनुअघि नै कालोपत्रे फुटेको र बाटो ठाउँ ठाउँमा धसी रहेको दाबी गरेका छन् ।
उता, ठेकदार प्रमोद यादवका एक जना प्रतिनिधिले कालोपत्रे स्तरीय भएको र ट्याक्टर आवतजावतले फुट्न थालेको प्रतिक्रिया दिएका छन् । डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख रामनरेस केसरीले उक्त कालोपत्रेको एक वर्ष ग्यारेन्टी अवधि रहेकाले मुन्ना निर्माण सेवाको धरौटी अहिले रोक्का रहेको बताए ।

ग्यारेन्टी अवधिमा कालोपत्रे फुटेमा धसेमा पुरानै ठेक्काको रकमबाट ठेकेदारले फेरि बाटो निर्माण गर्नुपर्ने कानुनी व्यवस्था रहेको प्रमुख केसरीले जानकारी दिए ।
ठेकदार प्रमोद यादवले बलुवादेखि गोनाही सम्म गरेको कालोपत्रेको आवश्यक जाँचबुझ हुने र गुणस्तरहीन ठहर भएमा कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढ्ने डिभिजन सडक चन्द्रनिगाहपुरका प्रमुख रामनरेस केसरीले प्रतिबद्धता व्यक्त गरे ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण