शिक्षामन्त्रीले राजीनामा नदिए अनसन बस्ने सांसदको चेतावनी
राष्ट्रियसभाको बैठकमा शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा मागिएको छ । बुधबार सभाको विषेश समयमा बोल्दै सांसद राधेश्याम पासवानले जातीय विभेद गर्ने मन्त्रीलाई सरकारबाट नहटाए अनसन बस्ने चेतावनी दिएका छन् ।
सांसद पासवानले दलितलाई ब्यक्तिको घर, धारा, मन्दिरमा अझै दलितलाई प्रवेश निषेध गरेको बताउँदै विभिन्न समयमा कानुन बनाएपनि कार्यान्वयन नभएको बताए । उनले राजधानीमै रुपा सुनारमाथि जातीय विभेद भएको बताउँदै शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले आरोपितलाई छुटाएकोमा आपत्ति जनाए । मन्त्री श्रेष्ठले राजीनामा नदिए अनसन बस्ने चेतावनी समेत दिए ।
उनले भने– ‘शिक्षामन्त्रीले आरोपीलाई आफ्नै सरकारी गाडीमा हालेर लैजानुभयो, यो संविधानको खिल्ली उडाएको त हैन ? यो सदनबाट म शिक्षा मन्त्रीको राजीनामा माग्छु । यदि राजीनामा नदिने हो भने संसदमा अनसन बस्न राजी हुन्छु ।’ उनले मन्त्रीले राजीनामा नदिए देशका ६० लाख दलितहरू आन्दोलनमा उत्रिने बताए ।
यस्तै प्रतिनिधिसभा विघटनको विरोधमा गत पुसमा माओवादी केन्द्र सर्लाहीका इन्चार्ज डाचाराज वाग्लेको बरथहाको आन्दोलनबाट घर फर्किने क्रममा रहस्यमय मृत्यु भएको बताए । वाग्ले सर्लाहीका मिटरब्याजीहरुको विरोधी रहेको र उनको रहस्यमय ढंगले हत्या भएको उल्लेख गरे । ५ महिनासम्म पनि प्रशासनले सो घटनाको रहस्य पत्ता लगाउन नसकेको उल्लेख गर्दै दोषी पत्ता लगाएर कारवाही गर्न पासवानले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण