कालीगण्डकी डाइभर्सनको मुद्दामा दुवै पक्षलाई बोलाउन सर्वोच्चको आदेश
बुधबार, २३ असार २०७८, १७ : ५९
सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन परियोजनासम्बन्धी मुद्दामा अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । मंगलबार न्यायाधीश तेजबहादुर केसीले साउन ४ गते छलफलका लागि दुवै पक्षलाई बोलाउन आदेश गरेका हुन् ।
छलफलपछि अन्तरिम आदेशबारे निर्णय हुनेछ । अदालतले सरकारलाई कारण देखाउ आदेश जारी गर्दै परियोजनासम्बन्धी निर्णय र कागजातसहित उपस्थित हुन सरकारलाई आदेश दिएको छ । सरकारले डाइभर्सन आयोजना अघि बढाउन बुटवलमा कार्यालय खडा गरेपछि अधिवक्ता तुलसीराम पोखरेल समेतले सो आयोजना रोक्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट हालेका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण