५५ दिनपछि ओली र नेपालबीच भेट
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ५५ दिनपछि प्रत्यक्ष भेटवार्ता भएको छ । यसअघि ओली र नेता नेपालबीच बैशाख ३० गते क्याप्टेन रामेश्वर थापाको घर चपली हाइटमा भेटवार्ता भएको थियो । त्यसपछि ओली र नेपालबीचको भेटवार्ता हुन नसकेका केला पार्टीकै दोस्रो तहका नेताहरुको पहलमा असार २३ गते दुई नेताको भेट भएको हो ।
एमाले विवाद कायमै रहेका बेला प्रधानमन्त्री ओलीले गत जेठ सात गते मध्यराति दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि विवादले एमाले विभाजनको दिशामा लगेको थियो । माधव नेपाल पक्षले ओलीलाई प्रतिगमनकारी भन्दै विपक्षी गठबन्धन बनाएर ओलीविरुद्ध संघर्ष गर्दै आएको छ ।
उता, सर्वोच्च अदालतमा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परामादेश मागेर नेपाल पक्ष ओलीविरुद्ध लागिरहेका बेला ओली नेपाललाई भेट्न तयार भएका हुन् । सर्वोच्चको संवैधानिक इजलासमा उक्त रिट निवेदनमा बहस सकिएर फैसला आउने चरणमा छ । सर्वोच्चले आगामी असार २८ गते फैसला सुनाउने तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

