पाल्पामा पहिरो घर पुरिदा एकको मृत्यु एक बेपत्ता, ७ घाइते
बिहीबार विहान पाल्पामा पहिरोले घर बनाउँदा एक जनाको घटनास्थल मै मृत्यु भएको छ । घटनामा एक जना बालक बेपत्ता छन् भने ७ जना घाइते रहेका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ ।
विहान ४ बजेको समयमा जिल्लाको तिनाउँ गाउँपालिका–५ गिट्टिखानी स्थित सिद्धार्थ राजमार्ग छेउमा रहेको घरहरुमा माथिबाट आएको पहिरोले पुरिँदा सोही स्थानका अन्दाजी ४५ बर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको हो । एक जना चार बर्षीय बालक आरोप परियार भाग्ने क्रममा बेपत्ता भएका छन् ।
त्यस टोलका पाँचवटा घर पहिरोले पुरिँदा सोही स्थानका अन्दाजी ५० वर्षीया सुन्दरी गुरुङको अवस्था गम्भीर रहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वाँतीले जानकारी दिए । उनका अनुसार त्यस टोलका २६ वर्षीय रमेश परियार , २४ वर्षीया पूजा परियार , ५० वर्षीय बलबहादुर पुन , १५ वर्षीय दीपेश पुन , २० वर्षीय आकाश तामाङ र २२ वर्षीय दिलबहादुर राना घाइते भएका छन् । घाइते सबैलाई लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण