बाढी पहिरोको क्षतिपूर्तिका लागि झण्डै २ अर्ब बराबरको बीमा दाबी
देशैभरका विभिन्न भागमा गएको बाढी पहिरोबाट भएको भौतिक क्षतिको पूर्तिका लागि झण्डै २ अर्ब रुपैयाँ बराबरको बीमा दाबी परेको छ । नियामक निकाय नेपाल बीमा समितिका अनुसार यस्तो दाबी २० वटै निर्जीवन बीमा कम्पनीहरूबाट गरी कुल एक अर्ब ९२ करोड ३ लाख ४८ हजार बीमा माग दाबी आएको हो ।
ती बीमा कम्पनीहरूबाट सङ्कलित तथ्याङ्कअनुसार अविरल वर्षा शुरु भएदेखि असार २३ गतेसम्म सम्पति बीमा, मोटर बीमा, कृषि तथा पशुपन्छी बीमा, इन्जिनियरिङ्ग बीमा लगायत विविध बीमा अन्तर्गत कुल ३३१ बीमा माग दाबी परेको हो ।
सबै निर्जीवन बीमा कम्पनीमा परेका कुल बीमा माग दाबीमध्ये १४१ वटा सम्पति बीमाको मागदाबी परेकोमा सो बापत बीमितहरुबाट ६९ करोड ३६ लाख ४६ हजार माग दाबी परेको समितिले जनाएको छ भने मोटर बीमा बापत कुल ४ करोड ७५ लाख ८७ हजार माग दाबी परेको छ ।
यस्तै, ५ वटा सामुन्द्रिक बीमा बापत १९ लाख ८१ हजार, ६ वटा कृषि बीमा बापत एक करोड ६२ लाख ५१ हजार, ५ वटा पशुपन्छी बीमा बापत २ करोड ३८ लाख ५९ हजार र विविधतर्फ २ वटा बीमा बापत एक करोड ५५ लाख ५१ हजार निर्जीवन बीमा माग दाबी परेको समितिले जनाएको छ ।
यसैगरी, इन्जिनियरिङ्ग बीमातर्फ अधिकतम १०७ वटा निर्माणाधीन आयोजना बीमाको ९० करोड ७ लाख ३४ हजार माग दाबी परेकोमा यस्तै, ८ वटा निर्माण सम्पन्न आयोजनाहरुको ११ करोड ७० लाख, १८ वटा हेभी इक्वीपमेन्ट बीमाको ८ करोड ८४ लाख ३६ हजार र अन्य ६ वटा बीमाको एक करोड ५३ लाख ३ हजारको समेत माग दाबी परेको समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण