बेलायतमा एक सातामा २ लाख १३ हजार भन्दा बढी संक्रमित
बेलायतमा पछिल्लो एक हप्ताभित्र २ लाख १३ हजारभन्दा बढी नयाँ संक्रमितको पुष्टि भएको छ । यो संख्या अघिल्लो हप्ताको तुलनामा झन्डै ३० प्रतिशतले बढी हो । पछिल्लो चार दिनसम्म लगातार दैनिक ३० हजारभन्दा बढी संक्रमित थपिएका छन् ।
हिजो शुक्रबार ३५ हजार ७०७ जना संक्रमित भएकोमा शनिबार ३२ हजार ३६७ जनामा संक्रमण पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या ५० लाख ८९ हजार ८९३ पुगेको छ ।
यो संख्या जनवरी २२ यताकै उच्च हो । इंग्ल्याण्डवासीहरुले लकडाउनबाट मुक्ति पाउन एक हप्ता मात्र बाँकी रहँदा संक्रमित संख्या भने निरन्तर उकालो लागिरहेको छ । लकडाउन खुल्ने दिन जुलाई १९ सम्ममा दैनिक संक्रमित संख्या ५० हजारसम्म पुग्ने प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । त्यस्तै बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले पनि संक्रमित संख्या दैनिक एक लाखसम्म पुग्न सक्ने चेतावनी दिएका छन् ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप ३४ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म कोरोनाबाट एक लाख २८ हजार ३९९ जनाको निधन भइसकेको छ । कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्यामा पनि सामान्य वृद्धि भएको छ । पछिल्लो तथ्याँकअनुसार एकदिनमा ५६३ जना संक्रमित अस्पताल भर्ना भएका छन् । अस्पतालमा उपचार गराइरहेका संक्रमितको संख्या दुई हजार ७३१ रहेको स्वास्थ्य विभागले जानेको छ । भेन्टिलेटर बेडमा उपचार गराउनेको संख्या ४१७ रहेको छ ।
कोरोनाविरुद्धको खोप वितरण शुरु गरिएयता बेलायतमा बेलायतमा ८ करोड तीन लाख २७ हजार ६७९ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ५७ लाख ८६ हजार ५५० जनाले पहिलो र तीन करोड ४५ लाख ४१ हजार १२९ जनाले दोस्रो डोज लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण