पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध विद्यार्थीहरुको शङ्ख जुलुस

विपक्षी गठबन्धनसँग आबद्ध संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरुद्धमा राजधानी शङ्ख जुलुस निकालेका छन् । विद्यार्थीहरुले शङ्ख फुक्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेका हुन् ।
नेपाल आयल निगमलाई मूल्यवृद्धि फिर्ता लिन अल्टिमेटम दिएका विद्यार्थी संगठनहरुले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । नेपाल आयल निगमले असार २४ गते मूल्यबृद्धि फिर्ता गर्नका लागि दिइएको ७२ घण्टे अल्टिमेटमको बेवास्ता गर्र्दै माग सम्बोधन नगरेको भन्दै विद्यार्थी संगठनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो ।
घोषित आन्दोलनका कार्यक्रमहरुमा असार २८ गतेदेखि निगमका गाडीहरु चल्न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने र असार ३० गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संयुक्त सदनको बैठक सुरु
-
विद्युतको पहुँच ९८ प्रतिशत पुगेको कुलमानको दाबी कति सत्य ?
-
एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुल्यो
-
संसद् भवन पुगे राष्ट्रपति
-
बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न एकीकृत समाजवादीको माग (मागपत्रसहित)
-
प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा छ : हितेन्द्रदेव शाक्य